सापकोटा परिवारद्धारा लेखनाथ पत्रकार मञ्चलाई आर्थिक सहयोग

सापकोटा परिवारद्धारा लेखनाथ पत्रकार मञ्चलाई आर्थिक सहयोग

पोखरा–३१ मोहोरीया स्थित सापकोटा परिवारले लेखनाथ पत्रकार मञ्चलाई आर्थिक सहयोग गरेका छन ।

आफ्ना बुवा बुद्धिसागर सापकोटाको वार्षिक पुण्य तिथिको अवसरमा पत्रकार मञ्चका कार्य समिति सदस्य पं. कृष्णप्रसाद लामिछाने मार्फत स्व. सापकोटाका छोरा/बुहारीहरु श्यामप्रसाद/निर्मला सापकोटा र कृष्णप्रसाद सापकोटाले मञ्चलाई नगद ४ हजार सहयोग प्रदान गरेका हुन ।

सहयोग रकम प्रदान गर्दै श्यामप्रसाद सापकोटाले लेखनाथ क्षेत्रका पत्रकारहरुको क्रियाशिलता वढ्नुका साथै संस्थाको प्रगति र सम्मृद्धिको कामना गर्दै सहयोग रकमको सही सदुपयोग हुने विश्वास व्यक्त गरेका थिए ।

उत्त अवसरमा लेखनाथ पत्रकार मञ्चका उपाध्यक्ष सुमन जिसी, कोषाध्यक्ष सञ्जय आचार्य र कार्यसमिति सदस्य रामशरण नेपाली लगायतले मञ्चलाई प्राप्त सहयोगले मञ्चमा संगठित रहेका पत्रकारहरुमा अझ वढि उर्जा मिल्नुका साथै पत्रकारहरुको क्षमता विकास एवं व्यवसायीकतामा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गर्दै परिवारको सुस्वास्थ्य, दीर्घायुको कामना तथा धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा सापकोटाका २ छोरा, १ बुहारी, छोरीहरु सुमित्रा सापकोटा, सुकमाया सापकोटा, शिव सापकोटा, नातीहरु सुजन सापकोटा र मञ्जीत सापकोटाको उपस्थीती रहेको थियो ।

वि.सं. २०२२ वैशाख २ गते जन्मिएका स्व. बुद्धिसागर सापकोटाको गत २०७८ असार ३१ गते निधन भएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: