दुई दिन देखि बेपत्ता टिफर चालक शर्माको शव भेटियो

दुई दिन देखि बेपत्ता टिफर चालक शर्माको शव भेटियो

पथरी, मोरङको पथरीशनिश्चे ६ मंगलबारेका टिफर चालक राम भनिने कृस्ण शर्मा मृत अबस्थामा फेला परेका छन् ।

मंगलबार साँझदेखि हराइरहेका रामको शव सुनवर्षी १ केचना स्थित कमल पोखरीमा पानीमा ढुबेको अबस्थामा आज बिहान ८ बजेतिर फेला परेको मृतकका दाजु छबिलाल शर्माले बताए।

पानीमा घोप्टो परेको अबस्थामा प्रहरीले बिहान शव फेला पारेको हो। केचना कै मनिस राईको टिफर चालक मृतक राम र सहचालक सुनवर्षी १ का कुमार राईको छोरा बर्स १८ का दिपेस राई मङ्गलबार दिउसो ३ बजेतिर घरबाट शुक्रबारे बजार निस्केका थिय। राति अबेरसम्म रामलाई सम्पर्क गर्दा फोन रिसिभ नगरेको र बिहान उनीसंगै गयका सहचालक दिपेसले रामको फोन, चप्पल र सर्ट घर ल्याईदिएका थिए।

संगै गएका रामबारे अनबिज्ञता प्रकट गरेपछि बेपता पारेको आसङ्कामा प्रहरीलाई उजुरी दिइएको थियो । उजुरी पछि बुधबार बिहानै दिपेसलाई प्रहरीले नियन्त्रमा लिएको थियो।

सम्बन्धित खवर