केचनाका टिफर चालक शर्मा दुई दिन देखि बेपत्ता

केचनाका टिफर चालक शर्मा दुई दिन देखि बेपत्ता

पथरी, पथरी शनिश्चरे ६ केचनमा टिफर चालक बेपत्ता पारेको आरोपमा सहचालकलाई प्रहरीले नियन्त्रमा लिएको छ।

घरपरिवारको उजुरीको आधारमा सुनबर्सी १ का कुमार राईको छोरा १८ वर्षीय दिपेश राईलाई प्रहरीले बुधबार बिहान नियन्त्रमा लिएको हो। दिपेशले पथरीशनिश्चरे ६ का ३५ वर्षीय राम भन्ने कृष्ण शर्मालाई मङ्गलबार साँझबाट बेपत्ता पारेको परिवारको आरोप छ। परिवार कै उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पथरीले दिपेशलाई नियन्त्रमा लिएको हो।

राई र शर्मा केचना स्थित मनिस राईको टिफरमा काम गर्थे। शर्मा टिफर चालक हुन् भने राई सहचालक हुन्। मङ्गलबार दिउसो तीन बजेतिर दिपेशसँगै घरबाट निस्केका राम राति अबेरसम्म घर नआएपछि परिवारले फोन सम्पर्क गर्दा फोनको घन्टी लागे पनि रिसिभ नभयको परिवारको भनाई छ।

बिहान साढे छ बजेतिर दिपेश स्वयमले रामले प्रयोग गर्ने मोबाईल, चप्पल र सर्ट ल्याईदिएका थिए। लगत्तै घरपरिवार, छरछिमेक लगायत स्थानीयबासिले रामको बारे सोधखोज गर्दा सङ्कास्पद जवाफ दियपछि प्रहरीलाई खवर गरी नियन्त्रणमा लिएको रामको दाजु छबिलाल शर्माले बताए। बेपत्ता रामको श्रीमती र दुई छोरा छन्।

सम्बन्धित खवर