काठमाडौँ मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं / काठमाडौँ महानगरपालिका वडा नं.–७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नं. ७ र सामुदायिक सेवा समाज मैजुबहालको संयुक्त आयोजनामा र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, सिनामंगलको प्राविधिक सहयोगमा सहीद स्मृति सामुदायिक भवन, मैजुबहाल परिसरमा स्थानीय विभिन्न संघसंस्थाहरूको सहभागितामा सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

शिविरमा सामान्य चिकित्सा, प्रसुति तथा स्त्री रोग, हाड जोर्नी तथा नसा, बाल रोग, शल्यक्रिया सर्जरी, छाला रोग, आँखा परिक्षण तथा उपचार र दन्त सेवा सेवा प्रदान गरिएको थियो । साथै चिकित्सकको सिफारिसमा इसीजी सेवा, भिडियो एक्सरे सेवा र ल्याव टेष्ट तथा औषधि विवरण समेत गरिएको थियो ।

वडा नं। ७ का अध्यक्ष विमलकुमार होडाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त शिविरको संयोजन कमल क्षेत्रीले गर्नुभएको थियो । स्थानीय जेष्ठ नागरिक लक्षित सो शिविर बिहान ९ बजेदेखि शुभारम्भ भई साँझ ५ः०० बजे समापन भएको थियो । सो शिविरबाट करीब ६६४ जना लाभान्वित भएको सामुदायिक सेवा समाजका अध्यक्ष शिवराम अर्यालले बताए ।

जसमध्ये नाक, कान घाँटीतर्फ ४३, बालबालिकातर्फ २००, आँखातर्फ २००, हाडजोर्नी तथा नशातर्फ १००, दाँततर्फ ६५ जना, चर्मतर्फ १७ जना, सर्जरी १२ जना, स्त्री तथा प्रसूतीतर्फ ४५ जना, सामान्य चिकित्सातर्फ १०७ जना, अल्ट्रासाउण्ड १६८ जना, इसीजीतर्फ ९१ जना, ल्याप परीक्षणतर्फ १२१ जनाले सेवा लिएको अध्यक्ष अर्यालले बताए ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: