पथरीशनिश्चरेको ११ औ नगरसभा सम्पन्न

पथरीशनिश्चरेको ११ औ नगरसभा सम्पन्न

पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिकाले आज ११ औं नगर सभा सम्पन्न गरेको छ ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षताको सभामा नगर उपप्रमुख देवीमाया काफ्लेले आर्थिक वर्ष २०७९÷८० का लागि नीति, कार्यक्रम सहित १ अर्व २७ करोड १५ लाख ४१ हजार ४४ रुपैयाँको अनुमानित आयव्यय बजेट प्रस्तुत गर्नुभयो । छलफल सहित नीति, कार्यक्रम र बजेट पारित भएको छ । भोली पत्रकार सम्मेलन गरी सो बारेमा सार्वजनिकिकरण गरिने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी गराउनु भयो ।

सम्बन्धित खवर