कोभिड १९ का संक्रमितको संख्या बढ्दै, चौथो लहर आउन लागेको आशंका

कोभिड १९ का संक्रमितको संख्या बढ्दै, चौथो लहर आउन लागेको आशंका

विगत केही सातादेखि कोभिड १९ का संक्रमितहरुको संख्या निक्कै बढ्न थालेको छ । संख्या बढेसँगै भारतमा कतै कोभिडको चौथो लहर त आउन थालेको होइन भनी आशंका समेत गर्न थालिएको छ ।

पछिल्लो २४ घन्टामा त्यहाँ ८ हजार ३ सय २९ जना नयाँ संक्रमित थपिएको र कोभिड कै कारण १० जनाको मृत्यु भएको भारतिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितको यो संख्या १०३ दिन यताकै सबैभन्दा बढी हो । भारतको महाराष्ट्र, दिल्ली, पश्चिमबंगाल, कर्नाटक र केरला लगायतका राज्यहरुमा कोभिडका संक्रमितहरु बढ्दै गएको तथ्याङ्क ले देखाएको छ ।

कोभिड कै कारण भारतमा हालसम्म ५ लाख २४ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । कोभिडको संक्रमणबाट बचाउन त्यहाँ १ अर्ब ९४ करोड भन्दा बढी खोप लगाइसकिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: