वडामा धानखेती कृषक समुह गठन

वडामा धानखेती कृषक समुह गठन

पथरी, मोरङको पथरी शनिश्चरे ८ मा धान खेतीका समस्या पहिचान गरी उत्पादन बृद्धिको योजना सहित वडास्तरीय धान खेती कृषक समूह गठन गरिएको छ ।

वडाको खेतीयोग्य जमिनमा धान उत्पादनमा वृद्धि गर्नका लागि वडाध्यक्ष नवीन कार्कीको अध्यक्षताको भेलाले पुष्पबहादुर खड्का (अभिराम) को संयोजकत्वमा ११ सदस्यीय धानखेती कृषि समूह गठन गरिएको हो । वडा सदस्य बाबुराम चौधरी, कृषि संजाल ८ नम्बरका संयोजक सुरेन्द्र चापागाईं लगायतका त्यस क्षेत्रका कृषकहरूको उपस्थितिमा त्यहाँको समस्या पहिचान गरि समाधान गर्ने विषयमा समेत छलफल गरिएको छ ।

वडाले यसअघि शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीसँग छलफल गरी हरेक गतिविधि व्यवस्थित गर्ने काम थालेको छ ।

सम्बन्धित खवर