मोरङ क्षेत्र नं ३ मा केशव दुलालको चर्चा

मोरङ क्षेत्र नं ३ मा केशव दुलालको चर्चा

पथरी / प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति घोषणासंगै विभिन्न दलबाट उम्मेद्धारको दावेदारका रुपमा विभिन्न व्यक्तिहरुको चर्चा हुन थालेको छ । नेकपा एमालेको गढ मानिएको मोरङ क्षेत्र नं ३ मा नेपाली काङग्रेसबाट केशव दुलालको नाम चर्चामा आएको छ ।

पथरीशनिश्चरे वडा नं १० निवासी दुलाललालाई प्रतिनिधिसभाको निर्वाचनमा काङ्ग्रेसबाट बलियो दावेदारको रुपमा चर्चा हुन थालेको छ । दुलालले सामाजिक सञ्जालमार्फत आफ्नो दावि रहने घोषणा गरेसँगै यसबारे थप चर्चा हुन थालेको हो । पूर्व महाधिवेशन प्रतिनिधीसमेत समेत रहेका दुलाल निर्वाचन क्षेत्रका बासिन्दा समेत रहेको र सबैसामु चिरपरिचित नाम रहेकोले पनि पार्टीले उनैलाई टिकट दिने सम्भावना रहेको काङग्रेस कार्यकर्ताको बुझाइ छ । बिचार, निष्ठा र संस्कार ले सम्पन्न ब्याक्तित्व केशव दुलालले टिकट पाए यसपटक क्षेत्र नं ३ मा चरतारे झण्डा फहरीने आँकलन गरिएको छ ।

सम्बन्धित खवर