स्थानीय पाठ्यक्रम सम्बन्धी प्रवोधिकरण

स्थानीय पाठ्यक्रम सम्बन्धी प्रवोधिकरण

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सम्बन्धीको २ दिने प्रवोधिकरण कार्यक्रम सम्पन्न भएको छ ।

आधारभूत तहमा लागू गरिने स्थानीय पाठ्यक्रममा समावेश भएका विषय, शिक्षण सिकाई लगायतका विषमाका बारेमा नगरको शिक्षा शाखाले विद्यालयहरुलाई जानकारी गराएको छ ।

जसमा, नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकी र पाठ्यक्रम लेखन समिति सदस्य ऋषिराज धिमालले सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक र विषय शिक्षकहरुलाई पाठ्यक्रमका बारेमा जानकारी गराउनु भएको हो । अव पाठ्यपुस्तक निर्माणका विषयमा पनि छलफल समेत अघि बढाइने शाखाले जानकारी दिएको छ ।

सम्बन्धित खवर