पथरीशनिश्चरे ९ मा नोवेलको स्वास्थ्य शिविर, ५ सय बढी लाभान्वित

पथरीशनिश्चरे ९ मा नोवेलको स्वास्थ्य शिविर, ५ सय बढी लाभान्वित

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं ९ मा १ दिने निशुल्क स्वास्थ्य शिविर बसेको छ । विराटनगरको नोवेल मेडीकल कलेजले वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

मंगलबार वडा नं ९ को पुलचोकमा सम्पन्न उक्त शिविरमा ५ सय जना भन्दा वढीले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा भिडियो एक्सरे, इ सि जि लगायतका सेवा दिइएको थियो । शिविरमा स्वास्थ्य परिक्षण पछि अस्पताल नै जानुपर्ने विराम भए अस्पतालको सेवामा ५० प्रतिशत छुट दिइने नोवेल अस्पतालले बताएको छ । अस्पताल जाने विरामीको लागि एम्बुलेन्सका साथै निशुल्क यातायातको समेत व्यवस्था गरिएको शिविर सञ्चालनका लागि पहल गर्ने उक्त वडा निवासी नेपाल तरुण दलका युवा नेता भुपेन रणपहेलीले बताए ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: