‘जव युवा झाडु लिएर सडकमा निस्के’

‘जव युवा झाडु लिएर सडकमा निस्के’

मुरारी खनाल
पथरी
आइतवार विहान गणतन्त्र दिवसको दिन विहानै एक हुल युवाहरु हातमा झाडु,वोरा वोकेर पथरी वजारको पुर्वमा रहेको ट्राफिक चौक नेर भेला भए । हातमा पञ्जा र मास्क लगाएका युवाहरु भेला भए र त्यहाँ रहेको फोहर उठाउन थाले । भेला भएका युवाहरुले पथरी वजारको महेन्द्र राजमार्ग आसपासको गोर्खा डिर्पाटमेन्टल स्टोर,पुर्व स्टेन,जातेमोड,पश्चिम स्टेनमा रहेको फोहर संकलन गरेका थिए ।
स्वतन्त्र युवाहरुले देशका विभिन्न स्थानका पालिकाहरुमा विजयी भएको खुसियालीमा सरसफाइ कार्यक्रम गरेका उनीहरुले अन्य कार्यक्रम गर्ने समेत जानकारी गराए ।


ऋभियान सुरु गरेका युवा सुमन शर्माका अनुसार ट्राफिक व्यावस्थापन र अन्य कार्यमा समेत युवा समुहले सचेतनाका कार्यक्रम सन्चालन गर्ने भएको छ । ‘यो सुरुवात हो अवका दिनमा फोहर संकलन मात्र नभइ अन्य कार्यमा समेत हाम्रो सक्रिय सहभागीता रहनेछ’ उनले भने ‘सवैको सहयोग भए परिर्वतन सम्भव छ ’।


कार्यक्रममा समाजिक सञ्जाल एम आर आर, डव्लु आर आर, दाह्री गु्रप लगायतमा आवद्ध युवा सो कार्यमा सहभागी भएका थिए । सामाजिक सन्जालका गु्रपमा वहस र विचार आदान प्रदान गरिरहेका युवाहरुको सामाजीक सेवाको यो कदमलाई सकारात्मक मान्नु पर्ने पथरीका अगुवा प्रदिप राईले वताए । सार्वजनिक यातायातका यात्रुले फाल्ने फोहर नियन्त्रण गर्न सके मात्रै फोहर नियन्त्रण कम हुने उनीहरुको धारणा रहेको छ ।

 

सम्बन्धित खवर