महिलाहरू उद्यमी बन्नुपर्नेमा उपमेयरको जोड

महिलाहरू उद्यमी बन्नुपर्नेमा उपमेयरको जोड

पथरी, मोरङको पथरी शनिश्चरे नगरको नव निर्वाचित उपप्रमुख देवीमाया काफ्लेले नगरमा रहेका महिलाहरू उद्यमी बनेर आत्मनिर्भर वन्नु पर्नेमा जोड दिनु भएको छ ।

काफ्लेले आज वडा नम्बर १ स्थित समुन्नत महिला सहकारीको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरले महिलाहरूका लागि आयोजना गरेको झोला निर्माण सम्बन्धी १ महिने तालिमको समापनका अवसरमा बोल्दै सो कुरामा जोड दिनु भएको हो । कार्यक्रममा बोल्दै उहाँले नगरले पनि महिलाहरूको आत्मनिर्भरताका लागि सिपमुलक तालिम प्रदान गर्दै आएको र त्यसलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बताउनु भयो ।

कार्यक्रममा, १ नम्बर वडाध्यक्ष भीमकुमार राईले पनि महिला तथा युवाहरूको आत्मनिर्भरताका कार्यक्रममा जोड दिने बताउनु भयो ।

समुन्नत सहकारीकी अध्यक्ष तारा निरौला, लेखा संयोजक राधिका गौतम, घरेलु तथा साना उद्योग कार्यालयका जिल्ला प्रमुख पाक्रम खाँ, तालिमको प्रमुख प्रशिक्षक कल्पना राई सहितले मन्तव्य व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर