बेलबारी, नगरपालिकाका जनप्रतिनिधिले सपथ ग्रहण गरेको भोलीपल्टै नगरपालिकाले चुनावको मुखमा वितरण गरेको इ- रिक्सा (सफारी) भुक्तानी नपाएपछि कम्पनीले फिर्ता लगेको छ ।
मोरङको बेलबारी ७ कि पवित्रादेवी खतिवडा र बेलबारी ११ का सुवास तामाङलाई बैशाख ११ गते नगरपालिकाले उक्त सफारी प्रदान गरेको थियो । चुनावको मुखमा वितरण गरेको उक्त सफारी चुनाव सकिने बित्तिकै फिर्ता जानुले नगरपालिका प्रति स्थानीय आक्रोशित भएका छन् । ग्रिन इनर्जी ट्रेेड लिंंक इटहरीको बिलका के.वि. इ रिक्सा शर्वीस सेन्टर बेलबारी बाट खरिद गरिएको हुलास कम्पनीको ति सफारी दुई लाख सत्तरी हजार मुल्य बराबरका रहेको के.वि इ रिक्सा शर्वीस सेन्टरका संचालक रमेश श्रेष्ठले बताए । दुई लाख सत्तरी हजार मध्ये सत्तरी हजार ती सफारी प्रयोगकर्ता आफैंले नगरपालिकालाई बुझाएको सफारी चालक सुवास तामाङको श्रीमती सन्तोषी तामाङ बताउँछिन् । नगरपालिकामा भुक्तानी लिन जाँदा नगरपालिकाको बजेटमा यस प्रकारको शिर्षकमा नरहेको भनेपछि आफुले मंगलबार ती दुई सफारी फिर्ता ल्याएको रमेश श्रेष्ठ बताउछन् । बेलबारीमा उक्त सफारी वितरण गर्दा ज्ञानेन्द्र सुवेदी मेयर रहेका थिए भने हाल दिलप्रसाद राई मेयर रहेका छन् ।