देश आर्थिक संकटमा, जनप्रतिनिधि आउन नपाउँदै पथरी शनिश्चरेमा १६ लाखको कुर्सी टेबल खरिद

देश आर्थिक संकटमा, जनप्रतिनिधि आउन नपाउँदै पथरी शनिश्चरेमा १६ लाखको कुर्सी टेबल खरिद

पथरी, देश आर्थिक संकटमा फसेको छ । दिनानुदिन दैनिक उपभोग्य सामग्रीको मुल्य वृद्धि भइरहेको छ तर जनप्रतिनिधिले सपथ ग्रहण गरेर कार्यालय पुग्न नपाउँदै नयाँ कुर्सी, टेबल र सोफासेट खरिद गरेर कार्यालयमा तयार गरिएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिकामा मात्रै १६ लाखको कुर्सी, टेबल र सोफा सेट खरिद गरिएको हो । नगरका १० वटा वडा र नगरमा आरामदायी कुर्सी, टेबल र सोफासेट थिए । मेयर, उपमेयर र वडा कार्यालयका लागि खरिद गरिएका पुराना सोफासेट अहिले पनि नयाँ जतिकै छन् । राम्रोसंग धुलोसम्म लाग्न नपाएका सोफासेट फेर्नुपर्ने आवश्यकता नगरका कर्मचारीलाई की जनप्रतिनिधिलाई लागेको हो पथरी शनिश्चरे ५ का अभिषेक भट्टराईले प्रश्न गरेका छन् ।

वडा कार्यालयहरूमा भएका ती सेफासेट अव व्यवस्थापन गर्ने उचित स्थान छैन् तर अपुग रहेकाले खरिद गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलले जानकारी दिए । नयाँ कुर्सी, टेबल, टि–टेबल र सोफासेट गरी भ्याट बाहेक १६ लाख ५ हजार ९५० को फर्निचर खरिद भएको खरेलले बताए । नगरले फर्निचर अभाव रहेको देखाएर नयाँ जनप्रतिनिधिले पदभार ग्रहण नगर्दै किन यत्रो खर्च गर्दैछ ? अहिले अभाव छ भन्दै खरिद गरिएपछि अव पुराना फर्निचरले वडा कार्यालयका प्यासेज भरिने देखिएको छ ।

यस विषयमा नवनिर्वाचित मेयर मोहन तुम्वापो आफुले पदभार नै ग्रहण नगरी भएको यो खर्चमा अनविज्ञ रहेको बताए । ‘‘पुरानो जनप्रतिनिधिले गरेकी कर्मचारीले गरे यसरी अनावश्यक खर्च नगरेको भए हुने’’ तुम्वापोले बताए ।

सम्बन्धित खवर