पथरी शनिश्चरेका नवनिर्वाचित प्रतिनिधिहरूलाई प्रमाण–पत्र वितरण

पथरी शनिश्चरेका नवनिर्वाचित प्रतिनिधिहरूलाई प्रमाण–पत्र वितरण

पथरी, वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित मोरङको पथरी शनिश्चरे नगरका पदाधिकारीहरुलाई निर्वाचन अधिकृतको कार्यालयले आज प्रमाणपत्र वितरण गरेको छ ।

नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा, निर्वाचन अधिकृत खगेन्द्र सुवेदीको अगुवाईमा नगर प्रमुखमा निर्वाचित मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्ले सहित १० वटा वडाका वडाध्यक्ष, सदस्य सहितका ५२ जना जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको हो ।

सहायक निर्वाचन अधिकृत पुण्यप्रसाद पौडेल सहित राजनीतिक दलका प्रतिनिधि, नगरको निमित्त प्रशासन प्रमुख, सुरक्षा अधिकारी सहितको उपस्थितीमा प्रमाणपत्र वितरण गरिएको छ ।

जेठ ६ गते सम्पन्न मतगणनाको नतिजा अनुसार, वडा नम्बर १ मा भीमकुमार राई, २ मा नैना राई, ३ मा विजय लिम्बू, ४ मा लोकनाथ न्यौपाने, ५ मा चेतेन्द्र खडका, ६ मा कृष्णकुमार बस्नेत, ७ मा उद्धवराज वस्नेत, ८ मा नवीन कार्की, ९ मा वीरबहादुर राई र १० मा जीवन खतिवडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । नेकपा (एमाले) बाट नगर प्रमुख, उपप्रमुख सहित ३४ र नेपाली काग्रेसबाट १८ जना निर्वाचित भएका छन् ।

सम्बन्धित खवर