पथरी शनिश्चरे ८ मा भारी मतान्तरका साथ एमालेको प्यानल नै विजयी

पथरी शनिश्चरे ८ मा भारी मतान्तरका साथ एमालेको प्यानल नै विजयी

पथरी, मोरङको पथरी शनिश्चरे ८ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्फबाट उमेद्वार रहेका नविजजंग कार्कीले भारी मतान्तरका साथ वडा अध्यक्ष पद जितेका छन् ।

अध्यक्षमा कार्कीले १७१४ मत ल्याउँदा नेपाली कांग्रेसका टेक बहादुर थापाले ९५८ मत मात्रै ल्याए । नेकपा मओवादीका दौलतराम भण्डारीले ४९, राप्रपाका नारायण थापाले ३२ र मंगोल नेश्नल अर्गनाइजेशनका सुवास राईले १९ मत ल्याए । वडाको विकासका लागि जनप्रतिनिधि हुनु अगावै थुप्रै लोकप्रिय काम गरेको भन्दै वडामा कार्कीको चर्चा गर्ने गरेका छन् । विजेता कार्की उमेरले २६ वर्षका युवा हुन् । उनका प्रतिस्पर्धी थापा कांग्रेसका निवर्तमान नगर सभापति हुन् ।

वडा सदस्यहरूमा एमालेका तर्फबाट झमक वहादुर लिम्‍बु १४७९, वावु राम चौधरी १४४१, सान्‍ता योङहाङ १५३३ र शिव कुमारी विश्वकर्माले १५१५ मत ल्याएर विजयी भए । यसअघि २०७४ को स्थानीय तह निर्वाचमा वडा नं. ८ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको थियो ।

सम्बन्धित खवर