पथरी, मोरङको पथरी शनिश्चरे ५ मा नेपाली कांग्रेसका चेतन खड्का विजयी भएका छन् । नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उमेद्वारर चेतन खड्का (चेतेन्द्र) ले ८८६ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका बागी÷स्वतन्त्र उमेद्वार महेश थापाले ८७३ मत ल्याएर १३ मतको झिनो अन्तरले पराजित भए । नेकपा एमालेका उमनाथ अधिकारीले ८४०, राप्रपाका मोहन कुमार तिम्सिनाले ८२ र मंगोल नेश्नल अर्गनाइजेशनका शाम हस्दाले ७ मत ल्याएका छन् ।
यस्तै वडा सदस्यहरूमा नेकपा एमालेका बिनयराज तिम्सिनाले ९०९, दिल बहादुर मगर ८६६, तुलशा कार्की ९३६ र विना परियारले ९१० मत ल्याएर विजयी भएका छन् । यसअघि वडा नं. ५ मा नेपाली कांग्रेसका जोग बहादुर धिमालले सहितको प्यानलले जितेको थियो ।