पथरी शनिश्चरे ६ मा कांग्रेसको प्यानल नै विजयी

पथरी शनिश्चरे ६ मा कांग्रेसको प्यानल नै विजयी

पथरी, मोरङको पथरी शनिश्चरे ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उमेद्वारर कृष्ण कुमार बस्नेतले १३६७ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका निर्मल कटुवालले १२५३, माओवादीका कमल कटुवालले २२५, राप्रपाका अभिशेक तिम्सिनाले ११२, जनता समाजवादीका सुनिल चन्द्रवंशीले ९८ र संघीय लोक तान्त्रिक राष्ट्रिय मञ्चका जागेश्वर महतोले ३ मत ल्याएका छन् ।

यस्तै वडा सदस्यहरूमा बिजय मण्डल १२९६, विष्णु कुमार लिम्बु ११८४, शान्ता थापा १३७६ र उज्वलता बयलकोटीले १३९१ मत ल्याएर विजयी भएका हुन् । यसअघि वडा नं. ६ मा स्वतन्त्रबाट जय बहादुर तामाङले वडा अध्यक्ष जितेका थिए ।

सम्बन्धित खवर