पथरी शनिश्चरे ४ कांग्रेसका न्यौपाने विजयी

पथरी शनिश्चरे ४ कांग्रेसका न्यौपाने विजयी

पथरी, मोरङको पथरी शनिश्चरे ४ मा नेपाली कांग्रेसका उमेद्वार लोक नाथ न्यौपाने विजयी भएका छन् । वडा अध्यक्ष पदमा ९८० मत सहित न्यौपाने विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद न्यौपानेले ९६६ मत ल्याए भने माओवादी केन्द्रका अम्बर बहादुर बरालीले ८३८ मत ल्याए ।

४ जना वडा सदस्यहरूमा एमालेले जित निकालेको छ । वडा सदस्यमा सुरेश कुमार कार्की १६७७, कल्पना श्रेष्ठ १०६७ र मिना विश्वकर्माले १०४७ मत सहित विजयी भएका छन् । यस वडामा यसअघि नेकपा माओवादी केन्द्रले जितेको थियो ।

सम्बन्धित खवर