पथरीमा मेयर एमाले उपमेयरमा कांग्रेस अगाडी, ३ वटा वडाकाे गणना सिकयाे

पथरीमा मेयर एमाले उपमेयरमा कांग्रेस अगाडी, ३ वटा वडाकाे गणना सिकयाे

पथरी, मोरङको शनिश्चरेमा हालसम्म १६९४९ मत गणना भएको छ । निर्वाचन कार्यालयले विहान ७ः५४ सम्ममा गणना भएको मतको परीणाम सार्वजनिक गरेको छ ।

जसमा नेकपा एमालेले मेयर र उपमेयरमा नै अग्रता कायम गरेको छ । मेयरमा एमालेका मोहन प्रसाद तुम्बापो ६५६३ मत सहित अग्र स्थानमा रहेका छन् । यस्तै, कांग्रेसका नगेन्द्र शुब्बा ५७२३ मत सहित तुम्वापोलाई पछ्याइरहेका छन् । माओवादी केन्द्रका दिननाथ तिम्सिना १२७९, राप्रपा समर बहादुर राई ८६९, लिम्बुवान बल बहादुर फ्याक २३८, एमएनओ पुनम राई ४३९, कलम चुनाव चिन्ह ७२ र ढल्केको छाताले ४३ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा भने नेपाली कांग्रेस अगाडी छ । एमालेकी देवीमाया काफ्लेले ५६८९ मत ल्याउदा नेपाली कांग्रेसकी कविता पराजुलीले ६०३० मत ल्याएकी छन् । हसिँयाहतौडामा २९७, छाता ६५, कलम विन्दा देवी राई १९३१, हलो ४७५, दाप सहितको खुकुरी १९८ र कुखुराको भाले चिन्हमा ४४३ मत प्राप्त भएको छ ।

यो समाचार तयार पार्दासम्म वडा नं. १, २ मा एमाले र ३ नं. वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ । हाल गणना भइरहेको वडा नं. ४, ५ र ६ मा नेपाली कांग्रसको अग्रता रहेको छ ।

सम्बन्धित खवर