पथरी शनिश्चरेको १ र २ एमाले ३ मा कांग्रेसको प्यानल नै विजयी

पथरी शनिश्चरेको १ र २ एमाले ३ मा कांग्रेसको प्यानल नै विजयी

पथरी, मोरङको पथरी शनिश्चरे १ र २ एमाले ३ मा कांग्रेसको प्यानल नै विजयी भएकाे छ ।

वडा नं. १ मा भिमकुमार राईको प्यानलले नै जितेको छ । राईले १९०७ मत ल्याएर विजेता बनेका हुन् । राईका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्र बस्नेतले १४५८ मत ल्याए ।

वडा सदस्यहरूमा एमालेका सुरेश कुमार कार्की १६७७, पूर्ण बहादुर कार्की १६०२, महिला सदस्य बसुन्धरा गुरुङ १८२७ र दलित महिला सदस्य आरती विश्वकर्माले १७६२ मत ल्याएर विजयी भए ।

यता वडा नं. २ मा पनि एमालेका नैना कुमार राईको प्यानल नै विजयी भएको छ । अध्यक्ष पदमा राईले १४४३ मत ल्याएर विजयी भए उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका टिका तामाङले ११११ मत ल्याए भने एमाले बागी उमेद्वार घनश्याम भट्टराईले लाल्टिन चुनाव चिन्हमा २०२ मत ल्याए ।

वडा सदस्यहरूमा एमालेका खिलनाथ घिमिरे १४३८, चन्द्र कुमार राई १४०२, अम्बिका लिम्बु १४७७ र सीता दर्जी १४३४ मत ल्याएर विजयी भए ।

यता वडा नं. ३ मा भने एमालेको लामो इतिहांसलाई ढाल्दै नेपाली कांग्रेसका बिजय लिम्बुको प्यानल नै निर्वाचित भएको छ । लिम्बुले १८८५ मत ल्याए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम कोइरालाले १३२८ मत ल्याए ।

यस वडामा वडा सदस्यमा कांग्रेका चन्द्रप्रकाश चेम्जोङ १४९९, टंक प्रसाद पराजुली १३९२, झन्केश्वरी अधिकारी १६२० र सम्झना नेपालीले १६४९ मत प्राप्त गरी विजयी भएका हुन् ।

पथरी शनिश्चरेमा हाल वडा ४, ५ र ६ नं. वडाको मत गणना कार्य जारी रहेको छ । नगरमा हालसम्म १५ हजार ५ मत गणना सकिएको छ । हालसम्म नेकपा एमालेका मोहन प्रसाद तुम्बापो ५८२८, कांग्रेसका नगेन्द्र शुब्बा ४८०९, माओवादी केन्द्रका दिननाथ तिम्सिना १०४८, राप्रपा समर बहादुर राई ७५२, लिम्बुवान बल बहादुर फ्याक २३३, एमएनओ पुनम राईले ३९३ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खवर