मदन भण्डारी र राष्ट्रपति भण्डारीको गृह वडामा नै एमाले हा¥यो

मदन भण्डारी र राष्ट्रपति भण्डारीको गृह वडामा नै एमाले हा¥यो

इटहरा, स्थानीय तह निर्वाचन २०७९ मा एमालेले वर्षौँ देखिको बर्चश्व कायम राखेको वडामा समेत हार व्यहोरेको छ ।

तत्कालिन एमाले महासचिव मदन भण्डारी र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको गृह वडामा नेपाली कांग्रेसका भुल बहादुर कार्की (आशिस) ले वडा अध्यक्ष जितेका छन् । मोरङको रतुवामाई १० मा कार्कीले वर्षौँको एमालेको किल्ला तोड्न सफल भएका हुन् ।

यस वडामा कार्कीसंग एमालेका देवी प्रसाद दाहालले प्रतिस्पर्धा गरेका थिए । कार्कीले १३२१ मत ल्याएर विजयी भए भने दाहालले १२०२ मत ल्याए । राप्रपाका हिमाल थापाले १२५ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पुरन चोङवाङले ६ मत ल्याए ।

वडा सदस्यमा नेकपा एमालेका ४ जना उम्मेद्वार विजयी भएका छन् । सदस्यमा भिम बहादुर आले १२२७, कर्ण प्रसाद सुवेदी १०१५, महिला सदस्य गीता कुमारी लिम्बु १२९५ र दलित महिला सदस्य रमा देवी मग्रंतीले १२९५ ल्याएर विजयी भए ।

सम्बन्धित खवर