कानेपोखरीमा कांग्रेस र एमालेले एक/एक वडा जिते

कानेपोखरीमा कांग्रेस र एमालेले एक/एक वडा जिते

कानेपोखरी, मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले १/१ वडामा जित निकालेको छ ।

वडा नं. १ मा कांग्रेसका रत्न बहादुर कार्की ११०८ मत सहित बिजयी भएका हुन् । कार्कीका प्रतिस्पर्धी नेकपा एमालेका तोर्ण बहादुर कार्कीले ८५२, नेकपा माओवादीका रोशन खत्रीले ४३७ र राप्रपाका गणेश कुमार पराजुलीले ३१ मत प्राप्त गरे ।

यस्तै सोही वडामा एमालेका रामजी भण्डारीले ९४३, कांग्रेसका दिपेश कुमार थापा ८७९, महिला सदस्यमा कांग्रेसकी बिमला बुढाथोकी ९०४ र दलित महिला सदस्य एमालेकी तुलशा देवी नेपालीले ९०० मत प्राप्त गरी विजयी भएका छन् ।

यता वडा नं. वडा नं. ७ मा एमालेका तर्फबाट क्लिन स्वीप गर्दै मोहन प्रसाद अधिकारी विजयी भएका छन् । अधिकारीले १३२८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धीहरू कांग्रेसका अमृत चेम्जोङ लिम्बुले १०९०, माओवादीका नविन राई ९४, राप्रपाका मोहन खड्का १२, शेरमान लिम्बुले ७ मत प्राप्त गरे । अधिकारी यसअघिका निवर्तमान अध्यक्ष पनि हुन् ।

यस्तै, वडा सदस्यहरूमा एमालेका जित बहादुर लिम्बु १३००, जिवन लिम्बु १२८२, महिला सदस्य पदम कुमारी कार्की १४०९ र दलित महिला सदस्य तुलशा देवी नेपाली ९०० मत सहित विजयी भए ।

सम्बन्धित खवर