हालसम्म क–कस्ले कहाँ कहाँ जिते ?

हालसम्म क–कस्ले कहाँ कहाँ जिते ?

स्थानीय तह निर्वाचन २०७९ को मत गणना कार्य निरन्तर जारी रहेको छ । केही स्थानहरूमा आज पूनः मतदान हुदैछ भने केही स्थानमा गणना कार्य रोकिएको छ ।

यही बिचमा केही पालिकाहरूको अन्तिम मत परीणाम पनि आउन थालेको छ । हालसम्म नेपाली कांग्रेसका तर्फबाट मनाङको नार्पा भूमी गाँउपालिका अध्यक्ष कोन्जो तेन्जीङ लामा, नासोँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ, मुस्ताङको घरपोझङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर खिलध्‍वज पन्थी, गन्यापधुरा गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्की, गुल्मीको गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापा, डोटीको बडीकेदार गाउँपालिका अध्यक्ष भैरवबहादुर साउद विजयी भएका छन् ।

यस्तै नेकपा एमालेका तर्फबाट मनाङको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले, मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले, मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरूङ, मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्वर्वु गुरूङ, डोल्पाको से फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी भएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका तर्फबाट डोल्पाको छार्का साङतोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ, डोल्पाको काइके गाउँपालिका अध्यक्ष अंगदकुमार राना विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिङ रोकाय, दैलेखको नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदी विजयी भएका छन् ।

सम्बन्धित खवर