२०७४ को मत सर्वेक्षण अनुसार यसपटक पथरीमा कांग्रेसको दावी

२०७४ को मत सर्वेक्षण अनुसार यसपटक पथरीमा कांग्रेसको दावी

भीमराज अधिकारी, पथरी

स्थानीय तह निर्वाचन २०७४ को मत अनुसार यस पटक मोरङको पथरी शनिश्चरेमा नेपाली कांग्रेसले जित्ने दावी गरिरहेको छ ।

२०७४ मा १८६३ मत अन्तरले नेकपा एमालेले जित शुनिश्चित गरेको थियो । यो आधारमा हेर्ने हो भने यस पटक नेकपा एमालेबाट बिभाजित भएको नेकपा एसले पनि भारी मत ओगट्न सक्ने देखिएको छ । यसअघिको निर्वाचनमा कांग्रेसका गणेश खड्का १८६३ मतान्तरले दोस्रो स्थानमा रहेका थिए । नेकपा माओवादी केन्द्रका जहरमान लिम्बु तेस्रो स्थानमा रहँदा नेकपा एमालेबाट दिलिप कुमार राईले ९ हजार ८७ मत ल्याएर बिजयी बनेका थिए ।

यसरी हेर्दा यसपटक नेपाली कांग्रेसले बाजी मार्ने नेताहरूको बुझाइ छ । यता नेकपा एस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल एक ठाउँमा गठबन्धनका साथ बाजी मार्ने दाउमा छ । यसपटक नेपाली कांग्रेसले दर्विलो उमेद्वार नदिएका कारण थुप्रै नेता कार्यकर्ता असन्तुष्ट छन् त्यसको फाइदा पनि अन्य दलले उठाउने दाउमा छन् ।

बैशाख ३० का लागि नेपाली कांग्रेसका तर्फबाट नगेन्द्र सुब्बा, नेकपा एमाले तर्फबाट मोहन कुमार तुम्बापो र नेकपा एस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (गठबन्धन) बाट दिननाथ तिम्सिना मैदानमा छन् । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पथरी शनिश्चरेमा ४० हजार ८५० जना मतदाता रहेका थिए भने हाल सो संख्या बढेर ५१ हजार ३२४ जना पुगेको छ ।

२०७४ को निर्वाचनको मत परिणाम यस्तो थियो

२०७४ को स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले प्रमुख–उपप्रमुख दुवै पदमा जित हासिल गरेको थियो भने नेपाली कांग्रेसले दोस्रो स्थानमा चित्त बुझाएको थियो ।

सो निर्वाचनमा नेकपा एमालेबाट उमेद्वार बनेका दिलिप कुमार राईले कुल ९ हजार ८७ मत प्राप्त गर्दै विजयी बनेका थिए भने नेपाली कांगे्रसका उमेद्वार गणेश खड्का १ हजार ८ सय ६३ मतले पछि परेका थिए । खड्काले कुल ७ हजार २ सय २४ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा तेस्रो स्थान प्राप्त गरेको माओवादी केन्द्रले ६ हजार ७८६ मत प्राप्त गरेको थियो । नेकपा माओवादी केन्द्रका तर्फबाट जहरमान मेन्याङ्बो नगर प्रमुखको उमेद्वार रहेका थिए । यस्तै स्वतन्त्र उमेद्वार विजय राईले २५, राप्रपाबाट हेमा ढ्ङ्गानाले ६९४, जनजागरण पार्टि नेपालका डेविड थुलुङ राईले १८७, अर्का स्वतन्त्र उमेद्वार सन्तोष गुरुङले ९४ मत प्राप्त गर्दा नयाँशक्ति पार्टिका उमेद्वार देव राज भण्डारीले १ हजार २ मत प्राप्त गरेका थिए ।

उपप्रमुख पदमा नेकपा एमालेको तर्फबाट यमूना विष्ट बास्तोला ९ हजार ९ सय २७ मतका साथ विजयी हुदाँ निकटतम् प्रतिद्धन्दी नेपाली कांग्रेसबाट प्रेमला राईले ७ हजार ३ सय ४४ मत प्राप्त गरेकी थिइन् भने माओवादी केन्द्रकी उमेद्वार टंकमाया गौतमले ५ हजार ३ सय १८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी थिइन् । उपप्रमुखमा संघिय समाजवादि फोरम, राप्रपा, जनजागरण पार्टि नेपाल सहित १ स्वतन्त्र उमेद्वारी परेको थियो ।

 

सम्बन्धित खवर