सुर्यमा मतदान गर्ने साथिहरूले पनि एकपटक सोच्ने बेला आएको छ ः गगन थापा

सुर्यमा मतदान गर्ने साथिहरूले पनि एकपटक सोच्ने बेला आएको छ ः गगन थापा

उर्लाबारी, सुर्यमा मतदान गर्ने साथिहरूले एक पटक सोच्ने बेला आएको नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बताउनु भएको छ ।

चुनावी सरगर्मीका बिच सोमबार उर्लाबारीमा आयोजित वृहत आमसभामा सम्बोधन गर्न आइपुगेका थापाले यस पटक नेकपा एमालेले सजाए भोग्ने बेला आएको बताउनुभयो । जनताले बहुमत दिएर पठाएका बेलामा पनि मतदाताको अपमान गर्दै संसद विघटन गरेर कुठाराघात गरेको बताउनुभयो । नेपाली कांग्रेसबाट बिजयी हुने सम्पूर्ण जनप्रतिनिधिको जिम्मा कांग्रेसले लिने भन्दै थापाले पार्टी बाहिर लागेका साथीहरूलाई पनि कांग्रेसको झण्डा बोकेर निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।

उर्लाबारी नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट खड्ग फागो मेयर पदका उमेद्वार रहेका छन् । फागो यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मेयर पदमा बिजयी भएका थिए । भ्रष्ट्रचार र अनियमितताको विषयमा आागो ओकल्ने गरेका कारण फागो विवादित हुदै आएका छन् । फागो यस पटकको निर्वाचनमा पनि बिजयी हुने देखेपछि विक्षीहरूले अनर्गल प्रचार र आरोप लगाउने गरेको फागोले बताउदै आएका छन् ।

सम्बन्धित खवर