स्वतन्त्र प्यानल भन्छ : हामी जितको नजिक छौँ

स्वतन्त्र प्यानल भन्छ : हामी जितको नजिक छौँ

हसन्दह, स्थानीय तहको निर्वाचनका लागि मतदानको दिन नजिकिदै आएको छ । यसै सन्दर्भमा स्वतन्त्र रुपमा प्यानल नै लिएर निर्वाचनमा होमिएको महेश थापा नेतृत्वको टिमले जितको नजिक पुगेको जनाएको छ ।

मोरङ पथरी शनिश्चरे वडा नं. ५ का लागि स्वतन्त्र रुपमा उमेद्वारी दिएका स्वतन्त्र प्यानलले घरदैलो कार्यक्रम सकेर अहिले मतदाता शिक्षा दिइरहेको अध्यक्ष उमेद्वार महेश थापाले जानकारी दिनुभयो । सुरुका दिन देखि नै उत्साहजनक रुपमा वडावासीको सहभागितामा घरदैलो कार्यक्रममा होमिएको स्वतन्त्र प्यालनसंग घरदैलो कार्यक्रममा नै दैनिक १ हजार बढि मानिसहरू सहभागी थिए ।

वडा नं. ५ मा ४ हजार ३५६ जना मतदाता रहेका छन् । नेपाली कांग्रेसको गण मानिएको वडा नं. ५ मा यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले वडा अध्यक्ष देखि सदस्यसम्म सेट नै जितेको थियो । यस पटकको निर्वाचनमा कांग्रेसले उपयुक्त उमेद्वार नदिएको भन्दै नेकपा माओवादीसंग मिलेर कांग्रेसको असन्तुष्ट पक्ष स्वतन्त्र प्यानल लिएर चुनाव चिन्ह लाल्टिनमा मत माग्दै निर्वाचनमा होमिएको छ ।

सम्बन्धित खवर