पथरीमा आज काङ्ग्रेसको कोणसभा, सम्बोधन गर्न गगन थापासहितका नेता आउने

पथरीमा आज काङ्ग्रेसको कोणसभा, सम्बोधन गर्न गगन थापासहितका नेता आउने

पथरी / नेपाली काङग्रेसले आज पथरीमा आमसभा गर्ने भएको छ । पथरीशनिश्चरे नगरकार्य समितिको आयोजनामा हुने सभालाई सम्बोधन गर्न केन्द्रीय महामन्त्री गगन थापा आउने भएका छन् ।

कार्यक्रमलाई महामन्त्री थापासँगै मिनेन्द्र रिजाल, गुरुराज घिमिरे लयातका नेताले सम्वोधन गर्ने भएका छन् । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि काङग्रेसले घरदैलो कार्यक्रम सकेको छ । घरदैलो कार्यक्रमपछि आज काङग्रेसले कोणसभा गर्ने तयारी गरेको हो । काङग्रेसले यसपटक पथरीशनिश्चरेको मेयरमा नगेन्द्र सुब्बा र उपमेयरमा कविता पराजुलीलाई उम्मेद्धारका रुपमा अघि सारेको छ ।

सम्बन्धित खवर