काङग्रेसबाट पथरीशनिश्चरे १० का उम्मेद्धारको प्रतिवद्धता – ‘तलवभत्ता नलिने’

काङग्रेसबाट पथरीशनिश्चरे १० का उम्मेद्धारको प्रतिवद्धता – ‘तलवभत्ता नलिने’

नेपाली काङग्रेसबाट पथरीशनिश्चरे वडा नं १० का उम्मेद्धारहरुले आसन्न स्थानिय तहको निर्वाचनमा आफूहरु निर्वाचित भए आफूहरुले पाउने तलवभत्ता नलिने प्रतिवद्धता जनाएका छन् ।

वडामा आफू र आफ्नो प्यानल निर्वाचित भए आफूहरुले पाउने तलवभत्ता कोषमा जम्मा गरि सामाजिक कार्यमा खर्च गरीने वडाध्यक्षका उम्मेद्धार भुवन थापाले बताए । आफूहरुलाई वडाबासीले विश्वास गरि जिताए उक्त विश्वास टुट्न नदिने समेत उनिहरुले बताएका छन् । विगतदेखि नै आफ्नो समूहका सवै उम्मेद्धारहर कुनै न कुनै क्षेत्रबाट समाजिक कार्यमा लागिरहेकाले जनप्रतिनिधी भएपछि थप जिम्मेवारी वढ्ने भन्दै आफूहरु जिम्मेवारी सधैँ निर्वाह गर्ने उनिहरुको भनाइ छ ।

काङग्रेसबाट पथरीशनिश्चरे वडा नं १० को वडाध्यक्षमा थापासहित खुल्ला सदस्यमा कविराज चेम्जोङ्ग र विरवहादुर बस्नेत, महिला सदस्यमा इन्द्रमाया लिम्बू, दलित महिला सदस्यमा शान्तिमाया विश्वकर्मा उम्मेद्धार रहेका छन् ।

सम्बन्धित खवर