इ हुन नगेन्द्र सुब्बा नै मेयरमा निर्वाचित हुने बलियो आधार

इ हुन नगेन्द्र सुब्बा नै मेयरमा निर्वाचित हुने बलियो आधार

पथरी / आसन्न स्थानिय तहको निर्वाचनको मिति नजिकिदै जाँदा पथरीशनिश्चरे नगरको मेयर को होला भन्ने विषयमा विभिन्न अडकलबाजि हुन थालेको छ । एकछत्र राज गर्दै आएको नेकपा एमालेका लागि यसपटक भने चुनाव जित्न कठिन हुने संभावना देखिएको छ । यसपटकको निर्वाचनमा नेपाली काङग्रेसका उम्मेद्धार नगेन्द्र सुब्बाको पक्षमा माहोल तातीदै गएपछि यसपटक एमालेले नगरप्रमुखको पद गुमाउने र नेपाली काङग्रेसका उम्मेद्धार सुब्बले उक्त पदमा विराजमान हुने सम्भावना बढ्दै गएको अनुमान गर्न सकिन्छ ।

पथरीशनिश्चरे वडा नं १ निवासी सुब्बा सालिन स्वभावका ब्यक्तित्व हुन् । पञ्चायती शासनका विरद्ध लड्दा ६ महिना जेलजिवन विताएका उनलाई सत्य र न्यायको निम्ती अडिग भएर लाग्ने ब्यक्तित्वका रुपमा लिइन्छ । सबै उमेर समुहका ब्यक्तिसँग समान व्यवहार, सालिनता र सहनसिलताका कारण पनि उनी सबैको प्रीय बनेका छन् । यहि कारण पनि आगामी स्थानिय तहको निर्वाचनमा विजय हासिल गर्ने नगरबासिको अनुमान रहेके छ ।

फरक राजनैतिक विचार राख्नेहरुसँग पनि उनि उत्तिकै मिलनसार र सहयोगी भावनाका कारण पनि उनलाई काङग्रेसबाहेकका दलमा आस्थावान मततादाको समेत मत आउनेमा विश्वास गर्न सकिन्छ । गत स्थानिय तहको निर्वाचनमा १ हजार ८ सय मत मतान्तरले नेकपा एमालेका उम्मेद्धार दिलिपकुमार राई पथरशिनिश्चरे नगरपालिकाको मेयरमा निर्वाचिन भएका थिए । नेपाली काङग्रेसका उम्मेद्धार गणेश खड्काले ७ हजार २ सय २४ मत ल्याउँदा राईले ९ हजार ८७ मत ल्याएर निर्वाचित बनेका थिए ।

गत स्थानिय तहको निर्वाचनको समयको तुलनामा अहिले नेपाली काङ्ग्रेस बलीयो रुपमा उदाएको छ । त्यसमाथी पनि नेकपा एमालेको पार्टी फुटको कारण यहाँ एमालेले दर्जनौ प्रभावशालि नेता र हजारौँ कार्यकर्ताले माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी रोजेका छन् । संविधानसभा सदस्य चण्डीप्रसाद राई, तुलसी ढकाल, दिपक बस्नेत लगायतका नेता नगरका प्रभावशालि नेताका रुपमा लिइन्छ । उनीहरु एकीकृत समाजवादिमा भएका कारण पनि एमालेलाई चुनौति देखिएको छ ।

गत स्थानिय तहको निर्वाचनमा वडा नं १,२,३,७ र ९ गरी ५ वडा वडा एमाले एक्लैले जितेको थियो भने वडा नं ४ माओवादी ५,८ र १० काङग्रेसले जितेको थियो । वडा नं ६ वाट स्वतन्त्र उठेर जितेका जय तामाङ पनि काङग्रेसमा छन् । उनि प्रभावशालि नेताको रुपमा चिनिन्छन् । काङग्रेसले आफूले जितेका सवै वडासहित एमालेले जितेका पनि अधिकांश वडामा गत निर्वाचनमा भन्दा उल्लेख्य रुपमा जनताको साथ पाएको ति वडाहरुमा आयोजीत घरदैलो कार्यक्रमबाट बुझ्न सकिन्छ । त्यसैले पनि पथरीशनिश्चरे नगरपाकिलाको मेयरमा सुब्बा नै निर्वाचित हुने अधिकांश नगरवासिको बुझाई ।

सम्बन्धित खवर