पथरी शनिश्चरेमा ५९ मतदान केन्द्रमा ५१ हजार ३२४ मतदाता

पथरी शनिश्चरेमा ५९ मतदान केन्द्रमा ५१ हजार ३२४ मतदाता

पथरी, स्थानीय तहको निर्वाचन नजिकिएसंगै निर्वाचनका कामहरू द्रुत गतिमा अगाडी बढेको छ ।

मोरङको पथरी शनिश्चरेमा पनि निर्वाचन कार्यालयले आयोगको तालिका अनुसार काम गरिरहेको छ । पथरी शनिश्चरेमा जम्मा २० वटा मतदान स्थल रहेका छन् । २० मतदान स्थलमा ५९ वटा मतदान केन्द्र रहेको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ । ५९ मतदान केन्द्रमा ५१ हजार ३२४ जना मतदाता रहेका छन् ।

वडा अनुसार कति छन् मतदाता ?
१ नं वडा ७,६७९ जना
२ नं वडा ५,०४५ जना
३ नं वडा ५,३७३ जना
४ नं वडा ५,६३७ जना
५ नं वडा ४३५६ जना
६ नं वडा ४,८२२ जना
७ नं वडा ४,०७३ जना
८ नं वडा ४,२९९ जना
९ नं वडा ४,९७० जना
१० नं वडा ५,०७० जना मतदाता रहेका छन् ।

सम्बन्धित खवर