सरकारले दिने मोटरसाइकल खर्चले १०० घरका सदस्यको स्वास्थ्य विमा गरिदीने जितनको प्रतिवद्धता

सरकारले दिने मोटरसाइकल खर्चले १०० घरका सदस्यको स्वास्थ्य विमा गरिदीने जितनको प्रतिवद्धता

पथरी / नेपाली काङग्रेसबाट पथरीशनिश्चरे वडा न ७ का वडाध्यक्षका उम्मेद्धार जितन राईले आफूले चुनाव जिते सरकारले दिने मोटरसाइकल नलिने र उक्त खर्चले १०० परिवारका सदस्यको बिमा गरिदिने प्रतीवद्धता जनाएका छन् ।

नेपाली काङग्रेसबाट वडा नं ७ को वडाध्यक्षमा उम्म्द्धारी दिएका उनले उक्त क’राको घोषण गर्दै वडा र नगरमै नेपाली काङग्रेसको प्यानललाई जिताउन आग्रह गरे । उनले आफ्नो प्यानलको प्रतीवद्धता पत्रमा नै उक्त कुरा उल्लेख गरेका छन् । गत स्थानिय तहबाट निर्वाचित कतिपय जनप्रतिनिधीहरुमा विलासी जिवन बिताउने होडबाजी चलेको भन्दै उक्त कुराको चर्को आलोचना हुँदै आएको थियो । तर वडाध्यक्षका उम्मेद्धार राईले भने त्यस्तो विलासी जिवनमा आफ्नो कुनै शोख नरहेको बताए ।

उनले आफ्नो कार्यकालमा कम्तिमा बाटोको दुवै पक्षमा ड्रेनसहितको पिच रोड निर्माण गर्ने, सामाजिक सुरक्षाभत्ता लगायतका भत्ता घरघरमै वितरण गर्ने, १०० जना निम्न वर्गका विद्यार्थीहरुको शिक्षाको जिम्मा लिने कुराको प्रतीवद्धता जनाएका छ ् । उनले एकपटक जनप्रतिनिधि भएर जनताको सेवा गर्न तथा आफ्नो वडाको विकासका लागि मात्र उम्मेद्धारी दिएको बताए ।

वडा नं ७ मा नेपाली काङग्रेसबाट वडाध्यक्षमा राई सहित खुल्ला सदस्यमा बाबुराम शेर्मा, संजय राई, महिला सदस्यमा गिता भट्टराई र दलित महिला सदस्यमा कुमारी सुन्दासको उम्मेद्धारी रहेको छ ।

सम्बन्धित खवर