हाम्रो प्रतिस्पर्धा चेतनसंग हैन्, उमनाथसंग हो ः स्वतन्त्र उमेद्वार थापा

हाम्रो प्रतिस्पर्धा चेतनसंग हैन्, उमनाथसंग हो ः स्वतन्त्र उमेद्वार थापा

हसन्दह, स्थानीय तहको निर्वाचनले यतिबेला गाउँको माहोल तताएको छ । पार्टिले सहि मान्छे छान्न नसक्दा अधिकांश ठाउँहरूमा बिद्रोही उमेद्वार खडा भएका छन् ।

यसैबिच मोरङको पथरी शनिश्चरे ५ हसन्दहमा नेपाली कांग्रेसका तर्फबाट उपयुक्त उमेद्वार नआएको भन्दै पार्टीका अधिकांश नेताहरू मिलेर स्वतन्त्र प्यानल खडा गरेर घर दैलोमा लागेका छन् । मोरङ क्षेत्र नं. २ (क) का उपसभापति महेश थापालाई अघि सारेर वडामा स्वतन्त्र प्यानल लाल्टिन लिएर हिडेको छ ।

सयौंको संख्यामा घरदैलोमा जोडिएपछि थापाले आफ्नै पार्टिका आधिकारिक उमेद्वार चेतन खड्कासंग प्रतिस्पर्धा नरहेको बताएका छन् । थापाले भने ‘हाम्रो प्रतिस्पर्धा खड्कासंग हुदै हैन्, हाम्रो प्रतिस्पर्धा त नेकपा एमालेका उमेद्वार उमानाथ अधिकारीसंग हो ।’ थापाको पक्षमा अहिले जिल्ला सदस्य देखि प्रदेश महाधिवेशन प्रतिनिधिसम्म रहेका छन् ।

नेकपा माओवादीसंग मिलेर वडाको अध्यक्ष देखि सदस्यसम्म स्वतन्त्रको प्यानल नै रहेको छ । यस पटक थापाको नेतृत्वमा स्वतन्त्र प्यानल नै आउने दावी स्व्तन्त्र पक्षले गरेको छ । यसअघि नेपाली कांग्रेसले क्लिन स्विप मारेको यस वडालाई कांग्रेसको बलियो क्षेत्रका रुपमा हेर्ने गरिन्छ ।

सम्बन्धित खवर