पथरीशनिश्चरेमा १६ जनाको उम्मेदवारी फिर्ता

पथरीशनिश्चरेमा १६ जनाको उम्मेदवारी फिर्ता

पथरी, बैशाख ३० मा सम्पन्न हुने मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको स्थानीय तह सदस्य निर्वाचनका लागि ६ दल र स्वतन्त्र समेत गरी २८३ जनाले दिएको उम्मेदवारीमध्ये आज १६ जनाले फिर्ता लिएका छन् ।

जसमा, नगर प्रमुखमा स्वतन्त्रबाट १, उपपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ र स्वतन्त्रबाट १ जनाले उम्मेदवारी फिर्ता लिनु भएको छ ।

त्यस्तै, वडाध्यक्षमा स्वतन्त्रबाट २ जना, वडा सदस्यमा नेपाली कांग्रेसबाट ३ जना, नेकपा माओवादी केन्द्रबाट ४ जना, नेकपा समाजवादीबाट २ जना, जनता समाजवादी पार्टीबाट १ जना र स्वतन्त्रबाट १ जना गरी १६ जनाले उम्मेदवारी फिर्ता लिएको नगरको निर्वाचन अधिकृत खगेन्द्र सुवेदीले जनाउनु भयो । भोली उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यपालिका रहेको छ । नगरमा जम्मा ६ वटा दलले निर्वाचनमा भाग लिएको छ ।
नगर प्रमुखमा २ स्वतन्त्र सहित ८ जना, उपप्रमुखमा १ स्वतन्त्र सहित ७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । वडाद्यक्षमा ५८, खुला सदस्यमा ११४, महिला सदस्यमा ५१ र दलित महिला सदस्यमा ४५ जनाको उम्मेदवारी परेको थियो ।

सम्बन्धित खवर