सुनको मूल्य ९८ हजार रुपैयाँ

सुनको मूल्य ९८ हजार रुपैयाँ

काठमाडौँ / सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ । बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: