पथरी र सुन्दरहरैँचाबाट नक्कली डाक्टर पक्राउ

पथरी र सुन्दरहरैँचाबाट नक्कली डाक्टर पक्राउ

पथरी, मोरङको पथरी शनिश्चरे १ र सुन्दरहरैँचाबाट नक्कली डाक्टर पक्राउ परेका छन् ।

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेको र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नका लागि लिनुपर्ने इजाजत पत्र समेत नलिएका व्याक्तिलाई पक्राउ गरेको हो । पथरी शनिश्चरे १ स्थित फिलिमहल छेउमा श्री राम पाइल्स क्लिनिक सञ्चालन गर्दै आएका पसर्नजित बर्मनलाई पक्राउ गरेको हो ।

आफु डाक्टर रहेको भन्दै मानव स्वास्थ्यमा गम्भिर खेलवाड गर्ने बर्मन भारतको दार्जिलिङका हुन् । २७ वर्षीय बर्मनले डाक्टरको रुपमा उपचार गर्दै आएका थिए ।

यस्तै, मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. ३ स्थित गछिया चौकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका दार्जिलिङका सनोड मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ । २९ वर्षीय मण्डलले पनि मानव स्वास्थ्यमा खेलवाड गर्दै डाक्टरकै रुपमा उपचार गर्दै आएका थिए ।

अबैध रुपमा डाक्टर बनेर उपचार गर्दै आएको भन्ने सूचनाका आधार जिल्ला प्रह्री कार्यालय मोरङको प्रहरी टोलीले बर्मन र मण्डललाई बैशाक १२ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाकारी दिएको छ । पक्राउ परेका दुवैजना विरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको प्रह्रीले जनाएको छ ।

 

सम्बन्धित खवर