माेडल हस्पिटल प्रा ली र सुरक्षा पालुवा बचत तथा सहकारी संस्था बीच सम्झौता

माेडल हस्पिटल प्रा ली र सुरक्षा पालुवा बचत तथा सहकारी संस्था बीच सम्झौता

माेडल हस्पिटल प्रा ली र सुरक्षा पालुवा बचत तथा सहकारी संस्था बीच सहकार्य गर्ने सम्बन्धको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा माेडल हस्पिटल प्रा लीको तर्फबाट अस्पतालका एमडी श्री भाेगेन्द्र बहादुर के सी तथा सुरक्षा पालुवा बचत तथा सहकारी संस्था लि का अध्यक्ष श्री टुल्कनाथ अाचार्यले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि सुरक्षा पालुवा सहकारीका सम्पूर्ण सेयर सदस्य तथा सदस्यका परिवार र सहकारीका कर्मचारीले माेडल हस्पिटलबाट प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १५ प्रतिशत सम्म छुट सुविधा प्राप्त गर्न हस्पिटलका एमडी के सीले बताए ।

आयुर्बेदिक र होमियोप्याथिक क्षेत्रका विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको उपचार सेवा, फिजियोथेरापी, पिनास, प्यारालाइसिस, प्राकृतिक उपचार सेवा, आधुनिक ल्याव, पायल्स फिष्टुला, फिसरको अपरेशन, फार्मेसी सेवा प्रदान गरिरहेको हस्पीटलको यो विशेष छुट सुविधाबाट सहकारीका सेयर सदस्य, कर्मचारी र सेयर सदस्यका परिवार लाभान्वित हुने सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष टुल्कनाथ अाचार्यले बताए ।

सम्झौता अनुसार माेडल हस्पिटलले सुरक्षा पालुवा बचत तथा सहकारी संस्थाका कर्मचारी, शेयरधनी तथा सदस्यहरुलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्नेछ र सहकारीका सेयरधनी सदस्यहरुलाई सहुलियत दरमा हेल्थ प्याकेज सेवा उपलब्ध गराउने छ ।

छुट सुविधा प्राप्त गर्न सहकारी संस्थाका सदस्यहरुले संस्थाको परिचय पत्र देखाउनुपर्नेछ । अस्पतालले सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्था संग निरन्तर सहकार्य गर्दै आइरहेको छ ।

सम्बन्धित खवर