पार्टिको गलत निर्णयले कांग्रेसमा पहिरो जाने सङ्केत, एउटै आगनका मेयर र उपमेयर

पार्टिको गलत निर्णयले कांग्रेसमा पहिरो जाने सङ्केत, एउटै आगनका मेयर र उपमेयर

पथरी, स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार तोक्दा नेपाली कांग्रेसले बुद्धिमता नअपनाएको स्थानीय नेताहरुले बताएका छन् ।

पालिकाहरुमा तिब्र असन्तुस्टिका बिच कांग्रेसका उम्मेद्वारहरूले मनोनयन दर्ता गराएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कांग्रेसले मेयरमा नगेन्द्र शुब्बा र उपमेयरमा कविता पराजुलीलाई उम्मेद्वार बनाएको छ । शुब्बा र पराजुली पथरीशनिश्चरे १ का बासिन्दा हुन् । उनिहरूको घरको आँगन करिब एउटै छ भन्दा फरक पर्दैन ।

पथरीशनिश्चरे साविकको पथरी, शनिश्चरे र हसन्दह गाविस मिलेर बनेको नगर हो । यस पालिकामा कांग्रेसको सबैभन्दा वढि मत हसन्दह क्षेत्रमा छ तर पार्टिले जित्नुपर्ने भन्दा पनि नामकै लागि मात्रै उम्मेद्वार उठाएको स्थानीय नेताहरूको आरोप छ । भूगोललाई बेवास्ता गरेको भन्दै कांग्रेसको भोट बैंक रहेको हसन्दह र शनिश्चरे क्षेत्रबाट भोट उम्मेद्वारहरूलाई भोट नआउने बुझिएको छ । अधिकांश क्रियाशिलले आफुले क्रियाशिलता त्यागेर स्वतन्त्र भएको सामाजिक सञ्जालहरूमा पोष्ट गर्न थालिसकेका छन् ।

सम्बन्धित खवर