पथरी, मोरङको पथरीशनिश्चरे ५ मा पार्टीले गलत उम्मेद्वार पठाएको भन्दै प्रदेश उपसभापतिको नेतृत्वमा प्यानल नै तयार गरिएको छ ।
वडाअध्यक्षको उम्मेद्वारका लागि पार्टिका तर्फबाट ६ जनाको नाम सिफारिस गरिएको थियो । पार्टिले वडा सभापति तथा वडा सदस्य चेतन खड्कालाई अध्यक्षको टिकट दिएपछि रुष्ट बनेको समुहले स्वतन्त्र प्यानल खडा गरेको हो । खड्काले अहमता देखाएको, वडा सदस्यमा समेत भुगोललाई वास्ता नगरि उम्मेद्वार तयार गरेको भन्दै रुष्ट समुहले महेश थापाको नेतृत्वमा वडा अध्यक्ष सहित सदस्य समेतको प्यानल खडा गरेर मनोनयन दर्ता गराएको छ ।
खड्काको पक्षमा पार्टिका नेता तथा कार्यकर्ता कोही पनि नभएको बुझिएको छ । थापाका पक्षमा जिल्ला सदस्य २ जना, प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश सदस्य, क्षेत्रीय सदस्य लगायतका थुप्रै नेता कार्यकर्ता रहेका छन् । खड्काको पक्षमा क्षेत्रीय स्तरका नेता समेत नभएको बुझिएको छ ।
स्वातन्त्र मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थापा चौधौँ महाधिवेशनमा मोरङ क्षेत्र नं. २ (ख) का उप सभापति हुन् । पार्टिले गलत निर्णय गरेपछि हसन्दह क्षेत्रका सबै नेताहरुले थापालाई मनोनयन गर्न निर्वाचन कार्यालय पुगेका थिए ।