नगर सहित ४ वटा वडामा माओवादी केन्द्रले उमेद्वार टुङ्गो लगायो

नगर सहित ४ वटा वडामा माओवादी केन्द्रले उमेद्वार टुङ्गो लगायो

पथरी, स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले मोरङको पथरी शनिश्चरेमा उम्मेद्वार टुङ्गो लगाउने क्रम जारी राखेको छ ।

केन्द्रले शुक्रबार वडा नं. १ का लागि उम्मेद्वार टुङ्गो लगाएको छ । १ नं. वडाका लागि अध्यक्षमा युवराज चौलागाँईलाई अध्यक्षमा अघि सारेको छ । महिला सदस्यमा खुमा मगर, खुल्ला सदस्यमा समिर राई र कृष्ण कुमार राईलाई केन्द्रले उम्मेद्वार बनाएको हो ।

पार्टिको वडा ईन्चार्ज भुवनसिंह लिम्बूको उपस्थितिमा भएको बैठकले सर्बसहमत रुपमा चौलागाँई सहितका उमेद्वार चयन गरेको हो ।

माओवादी केन्द्रको तर्फबाट नगर प्रमुखमा दिनानाथ तिम्सिना र उपप्रमुखमा अनु राई सर्वसहमत उमेद्वार चयन गरिसकेको छ ।
पथरी शनिश्चरे ६ मा कमल कटुवाल, ७ मा मोहन लिम्बू र १० मा रबिन राईलाई वडा अध्यक्षमा सर्बसहमत उमेद्वार चयन गरेको हो ।

सम्बन्धित खवर