३३ वर्ष देखी पार्टीमा रहेका कोइरालाले कांग्रेस छाडे

३३ वर्ष देखी पार्टीमा रहेका कोइरालाले कांग्रेस छाडे

पथरी, विगत ३३ वर्षदेखी नेपाली कांग्रेसको सक्रिय राजनीतिका रहेका माधव कोइरालाले पार्टी छाडेको घोषणा गरेका छन् ।

मोरङको पथरी शनिश्चरे १ का कोइरालाले निरन्तर पार्टी राजनीतिमा जीवन बिताएका हुन् । पथरी शनिश्चरेमा कांग्रेसबाट मेयरका आकांक्षी रहेका कोइरालाले आफ्नो सामाजिक सञ्जालबाट पार्टीको साधारण सदस्य समेत नरहनेगरी राजिनामा दिएको घोषणा गरेका हुन् ।

पथरी शनिश्चरेमा कांग्रेसले हालसम्म मेयर उम्मेद्वारको टुङ्गो लगाउन सकेको छैन् । मेयर पदका लागि १२ जना आकांक्षी रहेको बुझिएको छ । सोही विषयमा पार्टीले सम्बोधन गर्न नसकेपछि कोइरालाले राजिनामा दिएको बुझिएको छ ।

पथरी बजारका नाम चलेका व्यावसायी हुन् कोइराला । कोइरालाको पार्टी परित्याग पछि नजिकीदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई ठुलो धक्का लाग्ने छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: