पथरीशनिश्चरेमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पथरीशनिश्चरेमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

नगर कार्यालय परिसरमा खडा भएको कार्यालय नगर प्रमुख दिलीपकुमार राईले उद्घाटन गर्नुभयो । बैशाख ३० मा सम्पन्न हुने निर्वाचनमा सवै दल मिलेर धाँधली रहित वातावरण सृजना गराउन लाग्नुपर्नेमा राईले जोड दिनु भयो ।

श्रम कार्यालय विराटनगरबाट आउनु भएका खगेन्द्र सुवेदी नगरको मुख्य निर्वाचन अधिकृत र कृष्णप्रसाद पौडेललाई सहायक निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी दिइएको छ । कार्यालय शुभारम्भ कार्यक्रमा नगरमा अस्तित्वमा रहेका दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैशाख ११ र १२ गते हुने उम्मेदवारी मनोनयन दर्ताका लागि समयको पालो मिलाउन १० गते निर्वाचन समितिले सर्वदलीय बैठक राख्ने भएको छ ।

सम्बन्धित खवर