स्थानीय तह निर्वाचन २०७९ ः पथरीशनिश्चरे १ मा कांग्रेसबाट राजेन्द्र बस्नेत उमेद्वार

स्थानीय तह निर्वाचन २०७९ ः पथरीशनिश्चरे १ मा कांग्रेसबाट राजेन्द्र बस्नेत उमेद्वार

पथरी, स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पनि दलहरुले आफ्ना उमेद्वारको टुङ्गो लगाउन सकिरहेका छैनन् । बैशाख ३० गते हुने निर्वाचन आउन अब २५ दिन बाँकी छ । यसैबिच दलहरुले केहि स्थानहरुमा आफ्ना उमेद्वार खडा गरेका छन् ।

यसैबिच मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नं. १ का लागि नेपाली कांग्रेसले राजेन्द्र बस्नेत (राजन) लाई वडाध्यक्षको उमेद्वार बनाएको छ । लामो सकस पछि हिजो कांग्रेसले बस्नेतको नेतृत्वमा वडा सदस्यका उमेद्वारहरूको पनि टुङ्गो लगाएको छ ।

बस्नेतको नेतृत्वमा वडा सदस्यका लागि उदय कुमार राई (दिनेस), संजय थलङ, महिला सदस्य सीता धिमाल र दलित महिला सदस्यमा नीर्मला नेपाली रहेका छन् । अध्यक्षका प्रत्यासी बस्नेत पथरी उद्योग वाणिज्य संघका वर्तमान महासचिव पनि हुन् ।

सम्बन्धित खवर