न्यायिक समिति सम्मानित

न्यायिक समिति सम्मानित

पथरी, उत्कृष्ठ कार्य सम्पादन गरेको ठहर गर्दै कानेपोखरी मिडिया प्रालिले मोरङको पथरी शनिश्चरेको न्यायिक समितिलाई सम्मानित गरेको छ ।

कार्यक्रममा, नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष र कानेपोखरी मिडिया प्रा.लिका अध्यक्ष दिनेश सुब्बाले नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोला, न्यायिक समिति सदस्य भदमान विश्वकर्मा र पर्शुराम न्यौपानेलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभएको हो ।

मिडिया प्रालिले पत्रकारिता सिक्न इच्छुकका लागि विकास पत्रकारिता, मल्टिमिडिया तथा कानूनी सचेतना सम्बन्धि ४ दिने तालिम प्रदान गरेको छ । तालिमको सन्दर्भ जोडेर समितिलाई सम्मान गरेको थियो ।

सम्बन्धित खवर