पथरीशनिश्चरे वडा नं १ मा काङग्रेशले उम्मेद्धारको टुंगो लगायो, अध्यक्षको उम्मेद्धार राजेन्द्र बस्नेत

पथरीशनिश्चरे वडा नं १ मा काङग्रेशले उम्मेद्धारको टुंगो लगायो, अध्यक्षको उम्मेद्धार राजेन्द्र बस्नेत

पथरी / नेपाली काङग्रेस पथरीशनिश्चरे वडा नं १ ले स्थानिय तहको निर्वाचनका लागि उम्मेद्धारको टुंगो लगाएको छ । काङग्रेसले वडाध्यक्षको उम्मेद्धारका रुपमा राजन बस्नेतसहित सदस्यहरुको समेत टुंगो लगाएको हो ।

काङग्रेसले खुल्ला सदस्यको रुपमा उदयकुमार राई (दिनेश), सञ्जय थलाङ र सिता धिमाल लिम्बूलाई चयन गरेको छ । त्यस्तै दलित महिला सदस्यमा निर्मला नेपालीलाई अघि सारेको छ ।

काङग्रेसवाट अध्यक्षको उम्मेद्धारका लगी ७ जना आकाङक्षी रहेका थियो । सर्वसम्मत गर्ने क्रममा बस्नेतसहित ठाकुरप्रसाद लिम्बू (रोशन) र अमर कार्कीको पनि दावि रहेको थियो । सर्वसम्मत गर्ने क्रममा अन्तिम समयमा लिम्बू र कार्किको सहमतिमा बस्नेतलाई उम्मेद्धार चयन गरिएको वडा सभापति विरेन्द्रराज प्रशाईले जानकारी दिनुभयो ।

 

सम्बन्धित खवर