पथरीशनिश्चरे वडा नं १० मा काङग्रेसले भुवन थापालाई बनायो वडाध्यक्षको उम्मेद्धार

पथरीशनिश्चरे वडा नं १० मा काङग्रेसले भुवन थापालाई बनायो वडाध्यक्षको उम्मेद्धार

पथरी / नेपाली काङग्रेसले पथरीशनिश्चरे वडा नं १० को वडाध्यक्षको उम्मेद्धारमा युवा नेता भुवन थापालाई चयन गरेको छ । शनिवार भएको वडा भेलाले थापालाई उम्मेद्धार बनाउने निर्णय गरेको हो ।

उमेरले २७ वर्ष पुगेका युवा नेता थापा वडामा मात्र नभई जिल्लासम्मै उत्तिकै परिचित छन् । वडाबासिले पनि युवा नेतृत्व चाहेको र वडामा सबैसामु परिचित तथा सबैलाई समान ब्यवहार गर्ने उनको बानिका कारण पनि वडाले चाहेको सक्षम उम्मेद्धार रहेको वडासभापति प्रकाश अधिकारीले बताए । थापाले आफू कुनै पदमा नहुँदा पनि वडामा केही वर्षमै ३ करोड भन्दा बढीको बजेट भित्र्याएर योजना सम्पन्न गरेका छन् । पदमा नहुँदै पनि विकास निर्माणमा यतिको चासो राख्ने व्यक्तिलाई नै वडाबासिले उम्मेद्धारको रुपमा चाहेको र वडाबासिको चाहना अनुरुपको उम्मेद्धार काङग्रेसले उभ्याइदिएको वडासभाति अधिकारीले बताए ।

वडाध्यक्षको उम्मेद्धारमा ७ जना आकाङक्षीस् थिए । ३ जनाले नाम फिर्ता लिँदा पनि सहमति हुन नसकेपछि सबैजनाले थापालाई नै अघि सार्ने निर्णय गरीएको थियो । काङग्रेसले वडासदस्यको उम्मेद्धार पनि चाँडै चयन गर्ने जनाएको छ ।

सम्बन्धित खवर