ठाडोभाका खुला प्रतियोगितामा देउकुमारी र अमरध्वजको टोली प्रथम

ठाडोभाका खुला प्रतियोगितामा देउकुमारी र अमरध्वजको टोली प्रथम

लमजुङ / लमजुङमा चैतेदसैंको अवसरमा ठाडोभाका खुला प्रतियोगिता आयोजना भएको छ । राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियोगितामा दूधपोखरी गाउँपालिका–४ की देउकुमारी गुरुङ महिला टोली र मध्यनेपाल नगरपालिका–१० थान्सिङका ६७ वर्षीय अमरध्वज गुरुङको पुरुष टोलीले प्रथम पुरस्कार पाएको छ ।

अमरध्वज गुरुङ ठाडोभाकाको पहिलो एल्बमनिकाल्ने व्यक्ति हुन् । लामो समय भारतीय सेनामा कार्यरत रहेका उनीनिवृत्त जीवनपछि फेरि लोकसंस्कृतिको उत्थानमा सक्रिय भएका छन् ।

प्रतियोगितामा लमजुङकै राइनास नगरपालिका–१० प्यारजुङका किसबहादुर गुरुङको पुरुष टोली र दूधपोखरी गाउँपालिका–४ को भुन्टीमाया तामाङको टोली दोस्रो भएको निर्णायक समितिका संयोजक एवं ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ आजीवन सदस्य सीता दुराले बताए । उनका अनुसार दोर्दी गाउँपालिकाकी ६८ वर्षीया जालुमाया गुरुङ र सुन्दरबजार नगरपालिका–८ भेटेओडारका धनबहादुर गुरुङको टोलीले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा दूधपोखरी गाउँपालिका–३ सानोकाभ्रेका हरिबहादुर गुरुङको पुरुष टिम र सुन्दरबजार नगरपालिका–९ पैरेकी मीनाकुमारी गुरुङको महिला टोलीले सान्त्वना स्थान हासिल गर्न सफल भइन् । दुई दिनसम्म चलेको प्रतियोगितामा ९ टिमले भाग लिएका थिए ।

सम्बन्धित खवर