भारतमा आगलागीबाट अर्घाखाँचीका १४ वर्षीय बालकको मृत्यु

भारतमा आगलागीबाट अर्घाखाँचीका १४ वर्षीय बालकको मृत्यु

अर्घाखाँची / भारतको हरियाणा हिसारमा भएको आगलागीमा अर्घाखाँचीका एक १४ वर्षीय बालकको ज्यान गएको छ । हरियाणामा रहेको राम चाट भण्डारमा काम गर्ने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ साजवोट निवासी १४ वर्षीय भीमबहादुर मुखियाको ज्यान गएको हो ।

मुखियासहित १० जना नेपाली मजदुरहरुले काम गर्दै आएको चाट भण्डारमा मंगलबार बिहान करिब ५ बजे विद्युत सर्ट भई आगो लाग्दा सोही पसलमा दुई महिनादेखि काम गर्दै आएका मुखियाको ज्यान गएको छ भने अन्य पाँच नेपाली सामान्य घाइते भएका छन् । आगलागीका कारण अन्य कामदार बाहिर निस्कन सफल भएको भए पनि बालक मुखिया बाहिर निस्कन नसकेपछि जलेर ज्यान गएको त्यहाँबाट स्थानीय नारायण न्यौपानेले जानकारी दिए । मृतक मुखियाका बुवा हिमबहादुर मुखिया पनि भातरमा मजदुरी गर्छन् ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: