अपाङ्गता भएकाहरुका लागि मतदाता शिक्षा

अपाङ्गता भएकाहरुका लागि मतदाता शिक्षा

पथरी, मोरङका अपाङ्गता सचेतना कार्यक्रमका महिला फोकल पर्सनहरुका लागि पथरशनिश्चरेमा मतदाता शिक्षा तालिम सम्पन्न भएको छ ।

नेपाल अपाङ्ग महिला संघ जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि प्रभावकारी नीति निर्माण सहित मतदाता शिक्षाका बारेमा जानकारी गराइएको थियो । संघकी जिल्ला अध्यक्ष मीना आचार्यले तालिमका सहजिकरण गर्नुभएको थियो । तालिममा पथरी शनिश्चरे नगरपालिकाका सूचना सम्पादक भूपेन्द्रराज तिम्सिनाले शुभकामना मन्तव्य व्यक्त गर्दै अपाङ्गताको अधिकारका बारेमा बोल्नु भयो ।

तालिममा १० पालिकाका फोकल पर्सनको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर