धर्मध्वज थापाको नाममा विद्यालयको नामाकरण

धर्मध्वज थापाको नाममा विद्यालयको नामाकरण

उदयपुर / उदयपुरको रौतामाई गाउँपालिकामा जग्गादाताको नामबाट सामुदायिक विद्यालयको नामाकरण गरिएको छ । जग्गादाता स्वर्गीय धर्मध्वज थापाका परिवारले गाउँपालिकाले व्यवस्था गरेको शिक्षासम्बन्धी ऐन, नियमावली तथा मापदण्ड पूरा गरेसँगै आधारभूत विद्यालय कोप्चेको नाम परिवर्तन भएको हो ।

थापा परिवारले २५ लाख मूल्य बराबरको ८ रोपनी १ आना १ पैसा जग्गा विद्यालयका नाममा निःशुल्क पास गरिदिएपछि नाम परिवर्तन गरेर ‘धर्मध्वज थापा आधारभूत विद्यालय कोप्चे’ नामाकरण गरिएको प्रधानाध्यापक बेदबहादुर खत्रीले जानकारी दिए ।

सोही व्यवस्थालाई टेकेर विद्यालय व्यवस्थापन समितिले नाम परिवर्तनको निर्णय सहित गाउँपालिकामा निवेदन दिएको थियो । विद्यालयको निर्णय, त्यसपछि तोकिएका मापदण्ड र स्थलगत अवस्था बुझ्दा नाम परिवर्तत गर्न उपयुक्त देखिएकाले कार्यपालिकाको निर्णयले नाम परिवर्तन गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।

सम्बन्धित खवर